आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

नेपाल–भारत आवागमन कार्तिक २२ गतेबाट बन्द हुदै

२०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( ७ महिना अघि) ४३४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२१ कार्तिक ।

कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ। कार्तिक २२ गतेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रबाट नेपाल–भारत आवागमन बन्द हुने भएको हो।

भारत सरकारले बिहार राज्यमा हुन गैरहेको दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षाको जोखिम हुन सक्ने मध्यनजर गरी सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

निर्वाचनका समयमा सुरक्षा कडाईका लागी उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस