आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

यात्रु सवार माइक्रोबस दुर्घटनामा १७ घाइते, ३जनाको अवस्था गम्भीर

२०८२ कार्तिक २३, आईतबार मा प्रकाशित ( २ महिना अघि) २२३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

गोरखा २३ कार्तिक ।

गोरखाको सिरानचोक गाउँपालिका–४ मा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन्।

भच्चेकबाट आबुखैरेनीतर्फ आउँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस सिरानचोक गाउँपालिका–४ चोरकाटेस्थित घुम्तीमोडमा शनिबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

उक्त माइक्रोबस आफै अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा घाईते हुनेमा आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर अवस्थाका छन्।

घाइतेको उद्धारमा जिल्ला प्रहरी कार्यलय गोरखबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो।

दुर्घटनामा परेकाहरु अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका परिचय खुलेको प्रहरीले जनाएको छ। उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस