आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

हिउँ जम्दा मुस्ताङको साङ्ता जाने बाटो अवरुद्ध

२०८२ कार्तिक २४, सोमबार मा प्रकाशित ( ५ महिना अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

वारागुङ -२४ कार्तिक ।

हिमाली जिल्ला मुस्ताङको साङ्ता गाउँ जाने बाटो पछिल्लो समयमा हिउँ नपग्ले पछी उक्त बाटो अवरुद्ध भएको छ।

नेपालकै धार्मिक एवं् पर्यटकीय मुख्य क्षेत्र मानिने उक्त हिमाली क्षेत्रमा पछिल्लो समयमा परेको हिउँ हालसम्म पग्लेको छैन । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बाटो खुलाउने प्रयास गरे पनि हालसम्म उक्त बाटो सञ्चालनमा आउन नसकेको हो।

करिब ४५०० मिटरको उचाइमा यो बाटोमा कार्तिक लाग्दैको समयमा परेको हिउँले बाटो संन्चालनमा अवरुद्ध भएको हो । सोही बाटोमा अहिले अत्यधिक हिउँ जमेको अवस्था छ। उपल्लो डोल्पा जानका लागि व्यापारी, स्थानीय र पर्यटकहरूले यही बाटो हुंदै जाने गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस