आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

दिल्लीमा एक कारमा शक्तिशाली विष्फोट हुंदा कम्तीमा ८ जनाको मृत्यु

२०८२ कार्तिक २५, मंगलबार मा प्रकाशित ( १ दिन अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

एजेन्सी ।

भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै शक्तिशाली रुपमा कार विस्फोट भएको छ। शोमबार भएको उक्त घटनामा कम्तीमा पनि आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिल्लीको स्थानीय समचार एजेन्सीले जानकारी दिए अनुसार उक्त घटना साँझ ६ः५५ को समयमा फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोट भएको जानकारी प्राप्त भएको थियो।

कारमा विस्फोट भएपछी छ वटा गाडीमा आगो लागेको बताइएको छ। यससंगै नजिकै रोकिएका अन्य केही गाडीहरूमा पनि क्षति पुगेको बताइएको छ। दिल्ली अग्निनियन्त्रण एकाइका अनुसार उक्त क्षेत्रमा सात वटा दमकल पठाइएर आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

उक्त विस्फोट किन र कस्ले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दिल्ली प्रहरीले अहिलेसम्म के कारणले विस्फोटन भयो भन्ने बारे आफूले थाहा पाइनसकेको उल्लेख गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस