आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

कारागारबाट छुटेकै दिन घर पुगेर श्रीमतीको हत्या

२०८२ कार्तिक २५, मंगलबार मा प्रकाशित ( १ दिन अघि) १७६८ पटक पढिएको
नारी बाटिका


बवियु,नारी वाटिका संवाददाता

काठमाडौ – २५ कार्तिक ।

पर्वतमा एक व्यक्तिले जेलबाट छुटेर घर फर्के कै दिनमा त्यसै रातमा आफ्नी श्रीमतीको हत्या गरेका छन्।

पर्वत जिल्लाको मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जितबहादुर बिकले सोमबार जेलबाट छुटेर घर फर्के कै त्यसै राति करिब १ बजेतिर ५२ वर्षीया आफुनी श्रीमती सीता बिकको कुटपिट गरी हत्या गरेका हुन्।

बिकले श्रीमती सीतालाई कुटपिट गरी उनले घरकै कोठामा राखेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनु भयो ।

घरमा रातिको समयमा घटनापछी परिवारजनले ​जितबहादुरले सासूलाई आक्रमण गरी गम्भीर अवस्थामा सिरक ओढाइ राखेको भन्ने सूचना प्रहरीलाई दिएपछी प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवलदार सोमबहादुर थापाको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी टोलीले सीता बिकको टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले अचेत अवस्थाकी सीतालाई प्रदेश अस्पताल पर्वतमा लगेको थियो। उपचारको क्रममा मंगलबार (आज) बिहान करिव साढे ५ बजे निधन भएको हो।

उक्त घटना घटाएको चाल पाएपछी छिमेकीहरूले जितबहादुरलाई घरकै नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार जित बहादुर सोमबार मात्रै जिल्ला कारागार पर्वतबाट छुटेका हुन्।

जितबहादुर यसअघि जबरजस्ती करणी मुद्दामा जेल परेका थिए । घरमा श्रीमती सहित एकजना बुहारी र दुई महिनाकी नातिनी गरी चारजना बसेका थिए। तीन छोराहरु भने रोजगारीका लागि वैदेशिक रोजगारीमा छन्।

घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक सुदीप भण्डारीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस