आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

विदेशमा रहेका नेपालीका लागि मतदान केन्द्र तोक्न अध्यादेश आँउदै

२०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) १६७५ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ -३० कार्तिक।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा अनुसार मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ।

सरकारले उक्त प्रस्तावित व्यवस्था अनुसारको मसौदालार्ई सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको हो।

यस सम्वन्धि अध्यादेश जारी भई कार्यान्वयनमा आएपछी विदेशमा रहेका नेपाली नागरिकले पनि समानुपातिकतर्फको मतदान गर्न पाउने छन् । रोजगारी तथा अध्ययनका लागी विदेशमा रहेका र नेपालभित्रै भएरपनि फरक निर्वाचन क्षेत्रमा रहेकालाई समेत मतदान गर्न पाउने व्यवस्था गर्न गृहकार्य भइरहेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मसौदा तयार गरिएको बताउनु भयो ।

‘आउट अफ कन्ट्रीमा रहेका नेपाली नागरिकसँगै आउट अफ कन्स्टिच्युयन्सी’ का मतदातालाई निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गर्न हामी प्रयासरत छौं । अध्यादेशको मसौदा कानुन मन्त्रालयमा पठाइसकेका छौँ’, उहाँको भनाई छ।

कानून मन्त्रालयमा पेश भएको उक्त अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइनेछ। मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि राष्ट्रपतिबाट जारी हुने प्रक्रियामा जानेछ  । त्यसपछी अध्यादेशले आउँदो सातासम्म अन्तिम रूप पाउनेछ ।

प्रस्तावित व्यवस्था अनुसार चार ऐन संशोधन हुने छन्। निर्वाचन आयोग, मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन पनि यसै अध्यादेशले संशेधन गर्न सक्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस