
नारी वाटिका संवाददाता
काठमाडौं -१ मंसिर।
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझपख पक्राउ गरेको हो ।
काठमाडौ माहानगरपालिका अन्तरगत दरबारमार्ग स्थित ट्रस्टको जग्गा लिज सम्झौता गरी अनियमिता भएको कार्कीमाथी आरोप लागेपछी सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धानमा राखेको थियो ।
नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको माहानगरपालिकाभित्र रहेको उक्त जग्गा बद्नियत राखेर हानि नोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि त्यस घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस