आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

ट्रस्टको जग्गा भाडा प्रकरणमा पूर्वसचिव कार्की पक्राउ

२०८२ मंसिर १, सोमबार मा प्रकाशित ( ६ दिन अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -१ मंसिर।

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझपख पक्राउ गरेको हो ।

काठमाडौ माहानगरपालिका अन्तरगत दरबारमार्ग स्थित ट्रस्टको जग्गा लिज सम्झौता गरी अनियमिता भएको कार्कीमाथी आरोप लागेपछी सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धानमा राखेको थियो ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको माहानगरपालिकाभित्र रहेको उक्त जग्गा बद्नियत राखेर हानि नोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि त्यस घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस