
नारी वाटिका संवाददाता
काठमाडौं- १ मंसिर ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(३ बस्ने महोत्तरी सम्सी गाउँपालिका(५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
साहले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(७ बाट पक्राउ गरेको हो ।
शाहमाथी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस