
नारी बाटिका
नारी वाटिका संवाददाता
बारा ३ मंसिर ।
नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजी युवा पुस्ताले प्रदर्शन बारामा गरेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरिएको छ । बुधबार मध्यान्ह १२ः३० बजेदेखि आज बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख)बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शनी, सभा बैठक, घेराउ गर्न गराउन नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस