आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

गैरकानुनी रूपमा अमेरिकामा बसेका ३५ नेपालीलाई आज पनि नेपाल फिर्ता पठाइयो

२०८२ मंसिर ३, बुधबार मा प्रकाशित ( ८ घण्टा अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -३ मंसिर।

फेरी अमेरिकाबाट डिपोर्ट भइ ३५ जना नेपाली नागरिकहरु बुधबार नेपाल फिर्ता आएका छन् । उनीहरु आज साँझ १६:४० बजे US Immigration and Customs Enforcement (ICE) को चार्टर उडान N423 AX बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण भएका हुन्।

उनीहरुलाई विमानस्थलमा अवतरण हुने वित्तिकै नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरी तथ्य संकलन गर्न फारम भराउने प्रक्रिया गरेको हो।

यस्तै प्रारम्भिक सोधपुछका चरणमा प्रत्येक व्यक्तिको यात्रा इतिहास, कागजातको अवस्था तथा डिपोर्टेसनका कारणबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

ब्युरोका अनुसार, “आवश्यक सबै प्रक्रिया पूरा भएपछि कानुनी प्रावधान अनुसार अगाडिको कारबाही अघि बढाइने बताएको छ।” डिपोर्टीहरुलाई थप स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्शका लागि सम्बन्धित निकायसँग समन्वय गरी हो्ल्डिङ सेन्टर लगिएको छ।

उनीहरु जस्तै यसअघि पनि अमेरिकाबाट विभिन्न समूहमा नेपाली नागरिकहरु डिपोर्ट भइ आइरहेका थिए। कयौं नेपालीहरु गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने, भिसा उल्लङ्घन गर्ने तथा आप्रवासन कानुन उल्लङ्घन गरेको अभियोगमा यस्तो कदम चालिएको US ICE  ले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस