आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

भारतको लडाकु विमान ‘तेजस’ दुबई एयर शोमा दुर्घटना, पाइलटको मृत्यु

२०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) १७३७ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

भारतको लडाकु विमान ‘तेजस’ प्रदर्शनका क्रममा दुर्घटना हुदा पाइलटको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार विमान आज दिउँसो अ.२ः१० बजेको समयमा खसेको हो।

विमान दुर्घटना बारे भारतीय वायुसेनाले पुष्टि गर्दै पाइलट गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ। साथै पीटीआईले पनि सार्वजनिक गरेको भिडियोमा विमान तीव्र गतिमा जमिनतिर खसेको र त्यसपछि आगो लागेर कालो धुवाँको मुस्लो उठेको देखाएको छ।

उक्त एयर शो दुबईको दोस्रो सबैभन्दा ठूलो विमानस्थल—अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको एसोसिएटेड प्रेसले जनाएको छ। उक्त विमान दुर्घटनापछि विमानस्थल क्षेत्रमा कालो धुवाँ देखिएको र आपतकालीन साइरन बजेको पनि बताइएको छ।

एकल–इन्जिन ‘तेजस’ उक्त लडाकु विमान हिन्दुस्तान एरोनटिक्स लिमिटेड ९ज्ब्ी० द्वारा स्वदेशी प्रविधिमा तयार गरिएको थियो। टाढाबाट लक्ष्य भेद्न सक्ने, राडारबाट बच्न सक्षम तथा भारी हतियार बोक्न सक्ने क्षमता भएको यस विमान भारतको महत्त्वपूर्ण रक्षा परियोजना मध्ये कै एक मानिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस