
नारी बाटिका
नारी वाटिका संवाददाता
महेन्द्रनगर ९ मंसिर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका( १४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
स्याउलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणबाट भीमदत्त नगरपलिका( १४ का ४५ वर्षीया धाना विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनु भयो ।
उक्त घटना हात्ती बस्तीमै पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गर्दा विष्टलाई हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा विष्टको मृत्यु भएको हो।
गाउँ पसेर जङ्गली हात्तीले स्थानीयको घर भत्काएपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।








प्रतिक्रिया दिनुहोस