आज: २०८२ मंसिर ११, बिहिबार | Thu, 27, Nov, 2025

खाद्य विभागद्वारा महालक्ष्मी दालमोठ उद्योगमा सील, १०२ बोरा बरामद

२०८२ मंसिर १०, बुधबार मा प्रकाशित ( २१ घण्टा अघि) २१७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१० मंसिर ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्य उत्पादन तथा बिक्री वितरण स्थलहरूको निरीक्षण तथा अनुगमनर्कोे क्रममा महालक्ष्मी दालमोठ उद्योगमा छापा मारेको छ ।

अनुगमनका क्रममा काठमाडौँको चन्द्रागिरी–१२ मा संन्चालित महालक्ष्मी दालमोठ उद्योगमा गम्भीर स्वच्छता समस्या भेटिएको विभागले जनाएको छ । विभागका अनुसार उद्योगको बाहिरी परिसरको सरसफाइ राम्रो नभएको, उद्योगभित्रको उत्पादन तथा प्रशोधन क्षेत्र अत्यन्तै खराब अवस्थामा रहेको पुष्टि भएको छ ।

उक्त उद्योगको भुइँ, भित्त्ता तथा छानो फोहोर र खुल्ला अवस्थामा देखिएका कारण उद्योग परिसरमा स्वच्छता जोखिम उच्च रहेको विभागले जनाएको छ । साथै उद्योगमा भण्डारण तथा व्यवस्थापन प्रणालीसमेत अव्यवस्थित रहेको, कामदारको व्यक्तिगत सरसफाइ समुचित नरहेको र पेष्ट कन्ट्रोलको व्यवस्था पनि राम्रो अवस्थामा नभएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी उद्योग परिसरमा अजनता ब्राण्डको फुड कलर फेला परेको र सो रंग दालमोठ फ्राई गर्नुअघि प्रयोग गरिने गरेको पाइएको विभागले जनाएको छ। अनुगमनका क्रममा उक्त उद्योगबाट १०२ बोरा (२५ पाकेट × ६०० ग्राम) दालमोठ उद्योगकै जिम्मामा राखी हाललाई स्टक रोक्का गरिएको जनाएको छ ।

साथै गम्भीर अनियमितता भेटिएकाले अर्को व्यवस्था नभएसम्म उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण रोक्का गरिनुका साथै उत्पादन कार्य तत्कालको लागी बन्द गरिएको विभागले जानकारी दिएको छ । यससँगै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन पनि निर्देशन दिइएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस