
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -११ मंसिर ।
अमेरिकामा गैह्र कानुनी रुपमा गएका र त्यहाँ बसेका नेपालीहरुलाई धमाधम ट्रम सरकारको प्रशासनले डिपोर्ट नेपाल फर्काउने काम जारी छ ।
यसरी डिपोर्ट गरी नेपाल फकाईएका नेपालीको संख्या पनि दिनानु दिन बड्दै गएको हो ।जस अनुसार डिपोर्ट भएका थप पाँच जना नेपाली काठमाडौँ आइपुगेका छन्। एअर इन्डियाको AI219 उडानमार्फत उनीहरु बुधबार साँझ १७ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
बुधबार नेपाल फर्काइएकाहरुमा प्रकाश सिंह ओली — दाङ (US250923202), कालिराम खड्का — — (US25092477), रामबहादुर बुढाथोकी — प्युठान (US25092476),,
शिशिर शाही — रुकुम (US25100879), मित्रलाल खड्का — रुकुम पूर्व (US25100669) रहेका छन्। उनीहरुलाई अमेरिकाबाट फर्काइँदा अमेरिकी आव्रजन प्राधिकरणले भिसा अवधि उल्लंघन, कागजात सम्बन्धी त्रुटि वा अन्य कानुनी कारण देखाउँदै प्रशासकीय प्रक्रिया पूरा गरेपछि नेपाल पठाएको जनाएको छ ।
यसरी डिपोर्टेड भई नेपाल फर्काईका नेपाली नागरिकलाई प्रायः दिल्लीमार्ग हुँदै Air India का नियमित उडान मार्फत ‘इनडायरेक्ट डिपोर्ट’ गरिने गरिएको छ भने नेपाल प्रवेश गरेपछी विमानस्थलमा अवतरण गरेसँगै इमिग्रेशन कार्यालय र सुरक्षा निकायले उनीहरूको कागजात परीक्षण तथा प्रारम्भिक बयान लिएर प्रक्रिया अघि बढाउने गरेको छ।
त्यसपछी डिपोर्ट भई आएका नेपालीलाई सामान्यतया केही समयको आव्रजन प्रक्रिया पूरा गरेपछि परिवार,आफन्त वा स्थानीय निकायको जिम्मामा बुझाइने गरिएको छ।








प्रतिक्रिया दिनुहोस