आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

ग्रीनकार्ड पाइसकेका हरुको समेत पुनरवलोकन गर्दै अमेरिकी सरकार

२०८२ मंसिर १२, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


समचार एजेन्सी ।

अमेरिकामा बस्ने गैर नागरिकको चाल चलन र कर तिरेको आधारमा ग्रीनकार्ड पाएकाहरुको पनि अमेरिकन सरकारले ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्ने भएको हो।

बुधबार राजधानी वाशिङ्टन डिसीमा नेशनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यस घटनामा सन् २०२१ मा अमेरिका छिरेका अफगानी नागरिकको संलग्नता रहेको बताइएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपति निर्देश अनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्णरूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन् ।

यूएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ।

यसरी ग्रीन कार्ड पुनः जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुण्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको जनाएको छ।

वासिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमान उल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाउन लागिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस