आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

२०८२ मंसिर १२, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) ३४७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१२ मंसिर ।

आउँदो फागुन २१ मा हुन गैइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी)प्रहरीको संख्या यकिन गरी आवश्यक प्रक्रिया थाल्न सम्बद्ध निकायहरु अघि बढेका छन्।

यसअघिको पूर्वानुमान भन्दा नयाँ मतदाता थप भई संख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनु पर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन्।

निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले बताउनु भयो। नयाँ मतदाताको संख्यालाई आकलन गरेर म्यादी प्रहरीको संख्या बढ्न सक्ने उहाँको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस