
नारी बाटिका
नारी वाटिका संवाददाता
इलाम -१४ मंसिर।
इलामको इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेची राजमार्गमा शनिबार भएको सवारी दुर्घटनामा परी दुई युवाको भएको छ ।
झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।
सो दुर्घटनामा स्कुटरमा सवार दुबैजना गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा र माईजोगमाई गाउँपालिका–१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते दुवै जनालाई स्थानीयको सहयोगमा तत्काल जिल्ला अस्पताल इलाम ल्याइएको थियो । उनीहरु दुबैको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।
घटनापछि ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याटेका २५ वर्षीय राम प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस