आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

सवारी दुर्घटनामा परी बुबाको मृत्यु,छोराछोरी घाइते

२०८२ मंसिर २०, शनिबार मा प्रकाशित ( २ महिना अघि) ३१६३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट -२० मंसिर ।

रौतहटमा सवारी दुर्घटना हुंदा बुबाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई छोरा र एक छोरी पनि घाइते भएका छन्।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक बस र मोटरसाइकल आपसमा ठोकिँदा एकै घरका बुवाको मृत्यु भएको छ भने मृत्यक कै तीनजना छोराछोरी घाइते भएका छन्।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सो घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिकापुरले जनाएको छ।

दुर्घटनामा सोही जिल्लाका वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको हो। दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर अस्पतालमा उपचारका लागि पठाइएको थियो।

मृतक पटेलले नै तिनजना छोराछोरी बोकेर मोटरसाइक चलाएका थिए । उनको मृत्यु भएको छ भने निज कै तीन बालबालिका घाइते भएका हुन्। घाइते हुनेमा मृत्यक पट्टेलका १२ वर्षीय छोरा युवराज पटेल ११ वर्षीया छोरी आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

घटनापछी बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस