आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

चिसो बढेसंगै बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल राख्न चिकित्सकको सुझाव

२०८२ मंसिर २०, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२० मंसिर ।

केही दिनदेखी देशका पहाडी भु-भागमा पनि चिसो बढ्दै गएको छ । यससँगै चिसोसँग सम्वन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीहरु पनि बढ्न थालेका स्वास्थ्य संस्थाहरुले बताएका छन् । तराई क्षेत्रको तुलनामा देशका पहाडी भु-भागमा त्यती चिसोको प्रभाव नपार्ने बुझाई रहेता पनि हालसंम्म चिसो बड्दै गएको छ ।

साथै मौसम विद्का अनुसार अझै बढ्ने भएकाले बिरामीको संख्या पनि बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ । तसैले पनि विशेषगरी सुत्केरी,गर्भवती महिला,वृद्ध वृद्धाहरु,साना साना बालबालिकाहरुले यो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नसमेत सुझाएका छन् ।

चिसो सुरु भएसँगै चिसोसँग सम्वन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने विरामीको संख्या करिब २५ प्रतिशतसम्म बढेको छ । अस्पताल पुगेका बिरामीहरु मध्य धेरैजसोलाई रुघाखोकी, निमोनिया, ज्वरो, दम, श्वासप्रश्वास लगायतका समस्या देखिने गरेका छन् ।

रुघाखोकी लागेर जरो आएका कतिपय विरामीलाई अस्पतालमा भर्ना गर्नु पर्ने अवस्था छ । आजसम्म मसिरको तेस्रो हप्ता मात्रै सुरु भएकोले चिसो अझै बढ्ने विरामीको संख्या पनि बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ । चिकित्सकका अनुसार बालबालिका, जेष्ठ नागरिक, दीर्घ रोगी तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई चिसोमा स्वास्थ्य समस्या अझै बढी देखिने गरेको छ ।

चिसो मौसममा स्वास्थ्य समस्या बढी देखिने भएकोले आफ्नो स्वास्थ्यको ख्याल राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । विशेष गरी यस मौसममा न्यानो भएर बस्ने, तातो तथा झोलिलो पदार्थ र तागतिलो खानेकुरा खाने तथा यो मौसममा अरुलाई संक्रमण सर्न सक्ने भएकाले मास्कको प्रयोग गर्न जस्ता चिकित्सकहरुको सल्लाह छ ।

सामान्य रुघाखोकी लाग्दापनि जरो आयो अथवा अत्याधिक रुपमा टाउको दुखेर सन्चो भएन भने तुरुन्त अस्पताल जानुपर्ने चिकित्सकहरु बताउँछन् । यसका साथै चिसोका बेला वाशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्या बढी जोखिममा रहने भएकोले चिसो मौसममा परिवारले त्यस्ता वर्गको स्वास्थ्यको ख्याल राख्न आवाश्यक रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस