
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२१ मंसिर ।
धादिङको पृथ्वी राजमार्गमा पर्ने धुनिबेसी–६ चालिसेमा सातवटा सवारी साधन एकै पटक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३३ जना घाईते भएका छन् ।
धुनिबेँसी नगरपालिका–६ चालिसेस्थित वडा न.ं ६ मा एकै पटक ७ वटा गाडीहरु ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये २ जनाको मृत्यु भएको हो। साथै अन्य ३३ जना घाइते भएका हन्। उक्त दुर्घटनामा परी चार वटा सवारीसाधनमा सवार ३५ जना यात्रु घाइते भएका हुन्।
दुर्घटनामा घाईते भएकाहरुको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक श्यामकुमार बस्नेतले जानकारी दिनु भयो। शनिबार काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा) रहेको छ ।
त्यस्तै ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस ७ वटा सवारीसाधनहरु दूर्घटनामा परेको थिए।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका हुन्। चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसका आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना गरी ३३ जना घाइते भएका प्रहरी निरिक्षक श्यामकुमार बस्नेतले बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस