आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

प्रहरी कै असईले आफ्नै ४ महिने छोराको घाँटी रेटेर हत्या गरे

२०८२ मंसिर २२, सोमबार मा प्रकाशित ( १ महिना अघि) १९८५ पटक पढिएको
नारी बाटिका


सुन्दा पनि अचम्मै लाग्ने घटना…?

बिबियु,नारीवाटिका संवाददाता
धादिङ – २२ मंसिर ।

नेपाल प्रहरी कै असईले आफ्नै ४ महिने छोरा(शिशु)को घाँटी रेटेर हत्या गरेका छन् ।

आफ्नै ४ महिने छोराको हत्या गरी फरार रहेको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

काठमाडौंको सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले आफुनो ४ महिने छोरा शिशुको घाँटी रेटेर हत्या गरी फरार भएका थिए । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका हुन्   ।

आमाको गर्भबाटै ब्रेन ट्युमर भएर जन्मिएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका थिए । कार्कीकी श्रीमती पनि नेपाल प्रहरी कै जागिरे हुन् । उनलाई आइतबार बेलुकी  नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । कार्की संग सोधपुछ लगायत अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस