
नारी बाटिका
सुन्दा पनि अचम्मै लाग्ने घटना…?
बिबियु,नारीवाटिका संवाददाता
धादिङ – २२ मंसिर ।
नेपाल प्रहरी कै असईले आफ्नै ४ महिने छोरा(शिशु)को घाँटी रेटेर हत्या गरेका छन् ।
आफ्नै ४ महिने छोराको हत्या गरी फरार रहेको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
काठमाडौंको सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले आफुनो ४ महिने छोरा शिशुको घाँटी रेटेर हत्या गरी फरार भएका थिए । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका हुन् ।
आमाको गर्भबाटै ब्रेन ट्युमर भएर जन्मिएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका थिए । कार्कीकी श्रीमती पनि नेपाल प्रहरी कै जागिरे हुन् । उनलाई आइतबार बेलुकी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । कार्की संग सोधपुछ लगायत अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस