आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

दाङको यात्रुबस दुर्घटनामा परी २४ घाइते,६ जनाको अवस्था गम्भीर

२०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारीवाटिका संवाददाता

दाङ -२५ मंसिर ।

दाङमा यात्रुबस दुर्घटनामा परी २४ घाइते, ६ जनाको अवस्था गम्भीर रहेको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको लमही नगरपालिका.१ कौडियामा डडेल्धुराबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहिबार बिहान अन्दाजी ३ बजेतिर पुलबाट खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि अन्यत्र पठाइको छ।

बसमा ३८ जना यात्रु भएका सवार थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको बस चालकले प्रारम्भिक बयान दिएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस