आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

अमेरिकामा जनवरी १ देखि ८५ हजार विदेशी नागरिकको भिसा रद्द

२०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ( ५ महिना अघि) ३००८ पटक पढिएको
नारी बाटिका


समाचार एजेन्सी ।

अमेरिकाले ८५ हजार विदेशी नागरिकको भिसा रद्द गरेको सार्वजनिक गरेको छ। ट्रम सरकारले पछिल्लो पटक आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि अमेरिकी विदेश विभागले सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरिएको कुरा सार्वजनिक गरेको हो।

अमेरिकन विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धता अनुसार यस्तो घोषणा गरेको जनाएको छ।

यसका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर ुअमेरिकालाई फेरि सुरक्षित बनाउनु होसु भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई समेत पुष्टी गरेको छ । ।

आप्रवासन भिसामा गरिएको कडाइ अनुसार विदेश विभागले रद्द गरिएका भिसा मध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरू रहेको खुलासा गरेका छ। रद्द भएकाहरु असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरु गरेका कारण गत वर्ष अधिकांश भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसाको लागी आवेदन दिएकाको समीक्षा र भिसा भएकाहरूको अनुगमनका लागि मापदण्ड तयार गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस