आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

पाल्पा जीप दुर्घटनामा तीनको मृत्यु,८ जना घाईते

२०८२ मंसिर २७, शनिबार मा प्रकाशित ( १ महिना अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
पाल्पा -२७ मंसिर।

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा सुक्रबार भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मृतकमध्य दुई जनाको सनाखत पनि भएको छ। साथै सोही दुर्घटनामा ८ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा निस्दी–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाम्चाको को हो। तेस्रो सनाखत भएको हो ।

तर सुक्रबार रातिसम्म एक महिलाको शवको भने पहिचान हुन सकेको थिएन । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरू निस्दी–४ लामेदमारका ९ वर्षीय नेवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी छन् ।

यस्तै ४१ वर्षीय सुन्दर सुनार, उनका १० वर्षीय छोरा लविस सुनार, ५ वर्षीय छोरी प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन्।
घाइतेमध्ये चार जनाको उपचार मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा तथा चार जनाको चितवन मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप रोकेर यात्रु ओराल्दै गरेको अवस्थामा आफैँ व्याक भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। जीप पछी हटेर गुड्दै सडकबाट करिब १,२०० मिटर तल खसेको बताइएको छ ।

यद्यपि चालकको अवस्था सामान्य रहेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस