
नारी वाटिका संवाददाता
धादिङ -२८ मंसिर। बिबियु,
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव परेको अवस्था छ । यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (आईतबार)दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने महाशाखाले अनुमान गरेको छ।
साथै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस