आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

पुरै परिवारसहित तत्कालिन अर्थ सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ मंसिर २९, सोमबार मा प्रकाशित ( १ महिना अघि) १९५४ पटक पढिएको
नारी बाटिका


साढे तीन करोड बिगो

नारी वाटिका संवाददाता

काठमाडौँ २९ मंसिर।

पुरै परिवारसहित तत्कालिन अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

तत्कालिन सभापति चालिसेविरुद्ध अख्तियार अनुसन्धान दुरुपयाग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा चालिसेविरुद्ध करिब ४ करोडको बिगो दाबीसमेत विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसे २०७४ देखि २०७९ सालसम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मेयर भएर कार्य गरेका थिए । २०७९ को निर्वाचनमा चालिसे काठमाडौं ३ नं. क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीप तथा उनकी बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस