
नारी बाटिका
धादिङ -५ पुस । बिबियु
धादिङ अस्पतालको ४९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
अस्पतालको वार्षिक उत्सवलाई सम्बोधन गर्नु हुदै मन्त्री थापाले अस्पतालको सेवा विस्तारको लागि आवश्यक पर्ने उपकरण, नर्सिङ क्याम्पस संचालन र अस्पतालको सेवा विस्तारको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ। 
हाल धादिङ अस्पताल संचालन भइरहेको जग्गा अस्पतालको आफ्नै नाममा ल्याउन पहल गर्ने पनि उहाँको भनाई छ । अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वागमति प्रदेश सभा सदस्य गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा विभिन्न संन्चारमाध्यमका संन्चारकर्मीहरु,विभिन्न संघ संस्थाका प्रमुख एवं् प्रतिनिधीहरु,राजनितिक दलका प्रतिनिधीहरु,गंगाजमुना गाउँपालिकाका अध्यक्ष भत्तवहादुर लामा,,अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस