
नारी बाटिका
समचार एजेन्सी ।
अमेरिकी सुरक्षा निकायले अमेरिकाको ग्रीन कार्ड (डिभी)लटरी निलम्बन गर्ने आदेश दिएको छ । अमेरिकी सुरक्षा निकायकी प्रमुख क्रिस्टी नोमले बिहीवार ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको घटनाले यस्तो निर्णय लिएको हो ।
डिभी लटरीबाट अेमेरिका बसोबास गर्दै आएका पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाइएको थियो। जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
उनी माथि दुई दिन पछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी)का एकजना प्राध्यापकको हत्या गरेको आरोप पनि लागेक( छ।
नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे “सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि)१० मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रीन कार्ड प्राप्त गरेका व्यक्ति हुन् ।
राष्ट्रपति ट्रम्पले तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै उनले विनाशकारी र अपराधिक कार्यबाट थप अमेरिकीहरूलाई हानी नहोस भन्ने उदेस्यले निलम्बन गरेको बताइन्।
यसै क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिन नहुने पनि बताइएको छ ।








प्रतिक्रिया दिनुहोस