आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेर डाक्टरको मृत्यु

२०८२ पौष ६, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर ६ पुस ।

विराटनगरको नोबेल मेडिकल कलेज भवनबाट हामफालेका एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेज विराटनगरको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट हामफालेका ३४ वर्षीय डाक्टर अमित यादवको मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट हामफालेर तल भुइँमा खसेका थिए । उक्त घटनाले टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा आज बिहान यादवको मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जानकारी दिएको छ ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

प्रहरीले घटनाको सम्वन्धमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस