आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

अत्याधिक चिसो बढेकाले गौर नगपालिकाका सबै विद्यालय बन्द

२०८२ पौष ८, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट -८ पुस ।

रौतहटसहित मधेस प्रदेशका अधिकाँश जिल्लाहरुमा अत्याधिक चिसो बढेकाले दिद्यालयहरु प्रभावित हुन थालेका छन् ।

पछिल्लो समय तथा हिजो आज अत्याधिक चिसो बढेपछी रौतहटको गौर नगपालिकाले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु पाँच दिनका लागि बन्द गरिने भएको हो।

सोमवार गौर नगरपालिकाको बैठकले आज ( पुस ८ )देखी ११ गते शुक्रवारसम्म नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले जानकारी दिए ।

तराईका जिल्लाहरुमा लगातार बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी हाललाई पाँच दिनको लागी विद्यालय बन्द गर्ने निर्णय लिइएको हो। विशेषगरी बिहान र बेलुकीको समयमा बाक्लो हुस्सु तथा चिसो हावाका कारण विद्यार्थीहरूलाई विद्यालय जान कठिनाइ र्भएकोले बन्द गर्न लागीएको हो।

साथै चिसोबाट बच्नको लागी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम सामान्य भएपछि पुस १३ गते आइतवारदेखि पठनपाठन पुनः सञ्चालन गरिने नगरपालिकाले जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस