आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

बिरामीको इच्छाविपरीत निजी अस्पतालमा लैजाने एम्बुलेन्सलाई कारबाही

२०८२ पौष १०, बिहिबार मा प्रकाशित ( ३ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० पुस ।   बिबियु

बिचमा कमिशन खाएर बिरामीको इच्छाविपरीत निजी अस्पतालमा बिरामी लैजाने एम्बुलेन्सलाई अबदेखी कडा कारबाही हुने भएको छ।

हालसम्म एम्बुलेन्स चालकको मनोमानीमा बिचमा कमिशन लिएर आर्थिक लाभमा बिरामीहरुको इच्छाविपरीत महंगा र ठूला निजी अस्पतालमा लैजाने गरेको गुनासो धेरै पहिलेदेखी आउने गरेको भएपनि खासै सम्वन्धित निकायले ध्यान दिएको थिएन ।

तर अबदेखी यस्ता गतिविधि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको इच्छाविपरीत आर्थिक लाभमा परी एम्बुलेन्स चालक लगायतले बिरामी लगिएको थाहा भए एम्बुलेन्स सेवा निर्देशिका २०८२ बमोजिम एम्बुलेन्स त चालकलाई कारवाहीको चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ अब उप्रान्त ‘एम्बुलेन्सहरूले आर्थिक लाभमा परी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको भन्ने गुनासाहरु यस मन्त्रालयमा प्राप्त भएका छन्।

अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो। कसैले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिमका प्रावधानहरू पालना नगरि आर्थिक लाभ लगायतका अन्य मापदण्ड विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ’।

यस्तै एम्बुलेन्स चालकहरुलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रुपमा लैजान मन्त्रालयले निर्देशनसमेत दिएको छ। कसैले उक्त निर्देशिका विपरीत काम गर्ने गराउने गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले कडा चेतावनी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस