आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

चिसो अत्याधिक बढेपछी महोत्तरीका विद्यालय बन्द हुन थाले

२०८२ पौष १३, आईतबार मा प्रकाशित ( ५ महिना अघि) २७९१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददात

महोत्तरी -१३ पुस ।

चिसो अत्याधिक बढेपछी महोत्तरीका विद्यालय बन्द हुन थालेका छन् ।

हालको मौसम त्यसमाथी पनि तराइ क्षेत्रमा चल्ने सितलहरका अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्ण गरेका हुन्।

निरन्तरको चिसो हावा,शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित भएकाले महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

हाललाई स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी दुईदेखि तीन दिन बिदा दिन लागिएको हो। आईतबार एक विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोले प्रभावित हुन थालेकाले नगरभित्रका विद्यालयमा पठनपाठन बन्द लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस