
नारी वाटिका संवाददाता
धादिङ -१४ पुस । बिबियु
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस अनुसार आज(सोमबार) तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने बताइएको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।
पछिल्लो समयमा तराईका अधिकाँश स्थानमा हुस्सु र कुहिरोका कारण जनजिवनमा प्रभाव पारेको छ । अझै बिहानको समयमा त धेरै सितलहर चल्ने र चिसो हुने भएकोले यसबाट स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस