
नारी बाटिका
नारी वाटिका संवाददात
काठमाडौँ -१४ पुस ।
काठमाडौको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन्। प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत सहायक बहाल हवल्दार बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उदयपुर घर भई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित कोठा भाडामा बस्ने ३० वर्षीय थापामगर आइतबार बिहान डेराको शौचालयमा झुन्डिएको अवस्थामा भेटेपछि उनकी श्रीमतीले तत्काल बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्याएकी थिइन्। तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरे।
थापामगरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनास्थल सिल गरेर प्रारम्भिक अनुसन्धान गरिएको र घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दनु भयो।
हालसम्म घटनाको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ।







प्रतिक्रिया दिनुहोस