आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

निर्वतमान गृहमन्त्री रमेश लेखक पत्रकार सम्मेलन गर्दै

२०८२ पौष १४, सोमबार मा प्रकाशित ( ३ हफ्ता अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददात

काठमाडौँ -१४ पुस ।

गत भदौं २३ र २४ मा जेनजी युवा पुस्ताले गरेको आन्दोलनले उग्र रुप लिएपछी सोही कारण पदबाट राजीनामा दिनु भएका पुर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्नु भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भएपछि उहाँले सोही दिन नैतिकताको आधारमा त्यसै साझँ राजीनामा दिनु भएको थियो । त्यसपछि भदौं २४ गते काठमाण्डौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

“सोही घटनाका विषयमा जानकारी गराउन आज जाँचबुझ आयोगमा जानु भएको छ।” लेखकका स्वकीय सचिव जनक भट्टले भन्नुभयो–“

त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नु हुनेछ” लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यम मार्फत आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताउनु भएको थियो ।

जेनजीले आयोजना गरेको भदौ २४ को आन्दोलनमा भएको घुस पैठका कारण नेता लेखकको काठमाण्डौं र कञ्चनपुरको महेन्द्रनगरमा गरी तीन वटा नीजि घरसमेत आगजनी गरि ध्वस्त पारिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस