
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१५ पुस ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्यालहरुले मोर्चाबन्दीमा गर्दैमा सिंहको शिकार गर्न नसक्ने बताउनु भएको छ ।
मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै हालै रास्वपाले बालेन साह र कुलमान घिसिङसँग गरेको सम्झौतातर्फ लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘अध्यक्ष वलीले एमाले विशाल देखेपछि लौ मिलौं भनेका छन्। कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? उहाँको प्रश्न थियो ‘बलियासँग लड्न दुब्लाको काम नै एकता गर्ने हो। घैंटामा बोकेका पानीले जति मोर्चा गरे पनि महासागरसँग कसरी प्रतिस्पर्धा हुन्छ ?’
यस्तै उहाँले भन्नु भयो अबको प्रतिस्पर्धा भनेको देशमा आगो लगाउने र देश बचाउनेहरुका बीचमा हुने पनि स्पष्ट पार्नु भयो। एमाले र कांग्रेसजस्ता पार्टी भएकै कारण मुलुक श्रीलंका र बंगलादेश जस्तो बन्नबाट बचेँको उहाँको दाबी छ।








प्रतिक्रिया दिनुहोस