आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

रविसंग ६० लाख धरौटी माग गर्न जिल्ला अदालतको आदेशलाई उच्चबाट सदर

२०८२ पौष १८, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -१८ पुस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ६० लाख धरौटी माग गर्न काठमाडौं जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालतले सदर गरिदिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा लामिछानेलाइ ६० लाख धरौटी बुझाएर तारेखमा छाड्न गरेको फैसला उच्च अदालत पाटनले सदर गरेको हो।

बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्नु नपर्ने फैसला गरेको थियो ।

उच्च सरकारी वकिलको कार्यालयले रास्वपाका सभापति लामिछानेसहित छविलाल जोशी, सुनिता नेवा र कमल लामा लगायतविरूद्ध धरौटी माग गर्ने आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरेकोमा सोही मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गरेको आदेश परिवर्तन गर्नु नपर्ने फैसला गरेको हो ।

जिल्ला अदालत काठमाडौंले माघ २ गते रविसँग ६० लाख धरौटी र माघ ७ गते पूर्व डीआइजी जोशीसँग ५० लाख धरौटी माग भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस