आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

डा.निकोलसको स्वास्थ्य गम्भीर अवस्थामा

२०८२ पौष १८, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २१७१ पटक पढिएको
नारी बाटिका


सरकारद्वारा चार सदस्यीय वार्ता टोली गठन

नारी वाटिका संवाददाता

काठमाडौं- १८ पुस ।

विगत १० दिनदेखि आमरण अनशनमा बसेका डा. निकोलस भुसाल (कमल)को स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेपछी उनी नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

स्रोतका अनुसार उक्त वार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क अधिकृत गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा.भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य रहनु भएको छ ।

डा.भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकार वार्तामा आउन बाध्य भएको हो । डा निकोलस भुसालको माग अनुसार भदौ २३ र २४ गते जेनजी प्रदशनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही गर्न पर्ने रहेको छ ।

यसका साथ ैसंविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्न पाँच बुँदे माग राखी आमरण अनशन बसेका हुन् ।

अनशन लम्बिँदै जाँदा डा.भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार वीर अस्पताल भर्ना गरिएको छ । हाल उनी वीर अस्पतालको सर्जिकल ब्लकस्थित ३१० नम्बर क्याबिनमा राखिएको छ र त्यहाँ पनि उनले अनशन जारी राखेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस