
नारी बाटिका
नारी वाटिका संवाददाता
कर्णाली १८ पुस ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा राति कोठामा कोइला बालेर सुतेका परिवारका सदस्यमध्य एक शिशुको मृत्यु भएको। चिसोको कारण राति कोठाभित्र कोइला बालेर सुतेका परिवारका निस्सासिए अन्य दुई जना बेहोस अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो।
बुढाले चिसो भएकोले राति कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर ३८ दिने नवजात शिशुको मृत्यु भएको हो भने सुत्केरी आमा र अर्का एकजनासमेत बेहोस अवस्थामा भेटिएका प्रहरी निरीक्षक यादवले जानकारी दिए । उनका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।







प्रतिक्रिया दिनुहोस