आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

बचत संघ धादिङको २१औं साधारणसभामा सहकारी हित विपरित नयाँ कार्यसमिति चयन

२०८२ पौष १९, शनिबार मा प्रकाशित ( १ महिना अघि) १९५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१९ पुस ।

जिल्ला सहकारी बचत संघ धादिङमा सहकारीको हित विपरित नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघको २१ औं वार्षिक साधारणसभा गत कार्तिक २२ लाई तोकिएको भएपनि नयाँ बन्ने संन्चालक समितिमा राजनितिक भागवण्डा नमिलेपछी उक्त कार्यलाई २०८२ पौष १९ शनिबारको लागी मिति परिवर्तन गरिएको थियो ।

आज९शनिबार० धादिङवेशीमा भएको बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं साधारणसभाको निर्वाचनमा सदस्य संस्थाहरुलाई कुनै जानकारी नै नदिई ३ भन्दा बढी समयको संन्चालक समितिमा बसीसकेका विभिन्न राजनितिक दलका जिल्ला कमिटीमा रहेका व्यक्तिहरुलाई पुनःसंन्चालक समितिमा ल्याउन भागवण्डा गरिएको हो ।

बचत तथा ऋण सहकारी संघ लि।का हालका प्रमुख व्यवस्थापक कवीन्द्र धौबन्जारले तत्कालिन सन्चालक समितिसंगको मिलेमतोमा संघमा आवद्ध २।४वटा जो भावी संन्चालक र लेखासमितिमा ल्याइएका यक्तिहरुलाई मात्र ईमेल तथा स सल्लाह गरेर साधारणसभाको ३ दिनअघीनै उम्मेद्वारी फारम भर्ने बारे जानकारी गराएको बुझिन आएको छ ।

अझै रहस्यमय कुरा त धादिङ जिल्ला सहकारी संघका पुर्व अध्यक्ष तथा वागमति प्रदेश सहकारी संघ लेखासमिति संयोजक नेत्रप्रशाद पौडेलको संयोजत्वमा नाम मात्रैको ३ सदस्य निर्वाचन कमिटी बनाईएको थियो ।

निर्वाचन समितिको समेत विशेष चलखेलमा नेकपा एमालेका जिल्ला पार्टी जिल्ला कमिटीका वहालवाला सदस्यहरु समेत राजनितिक दलका सदस्यहरु रहेको व्यक्तिहरु र संघ कै ३ भन्दा बढी कार्यकाल संन्चालक तथा लेखासमिती तथा विभिन्न समितिमा बसी सकेका व्यक्तिहरुलाई सन्चालक तथा लेखा समितिमा चयन गरिएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष सीता दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धेरै पटक संन्चालक समितिमा बसीसकेका व्यत्तिहरु र केही राजनितिक भागवण्डामा नयाँ संन्चालक र लेखा समिति बनाई संघमा आवद्ध रहेका प्रारम्भिक बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोषण गर्दै आएको छ ।

अन्य बैंकमा कारोबार नगरी बचत संघमै कम्तिमा पनि ५ लाखको शेयर खरिद गर्न अनिवार्य गर्दै संघ मै सवैभन्दा धेरै पैसाको कारोबार गर्नेहरुलाई पुरस्कृत गर्ने गरिएको छ भने दैनिक बचत, मार्सिक तथा आवाधिक बचत गर्न वाध्यकारी निति ल्याउने तयारी गरिएको छ ।

सहकारी नियमन प्राधिकरण तथा सहकारी ऐनले बंैकहरुले जसरी वैंककिङ कारोबार गर्न लगायत कानुनी मान्यतामा स्पष्ट अधिकार नपाएका सहकारीका विषयगत संघहरुले विगतदेखी नै सदस्य सहकारी संस्थाहरुबाट विभिन्न वहानामा रकम असुल्ने गरेका छन् ।

जसमध्य सदस्य सहकारीका प्रति सदस्य प्रत्यक वर्ष नविकरण शुल्क,तालिम तथा अभिमुखिकरणमा एक हजारदेखी रु २५ सयसम्म प्रतिदिन तालिम शुल्क, सहकारी रणनिति सुधारको नाउँमा अनुगमन तथा मुल्याङकन गर्न अनिवाय शुल्क उठाउँदै मासिक बचत अनिवार्य,तकम्तिमा पनि ५ लाखको शेयर खरिद गर्नु पर्ने वाध्य बनाउँदै आएको छ ।

विशेषगरी बचत तथा ऋणका विषयगत छाता संघहरुले विगतदेखी नै सहकारीका निति नियम, कानुनको अधिनमा रहेर सदस्य हितमा काम गर्ने सहकारी संस्थाहरुलाई भन्दा संघले तोकेको निति अनुसार शुल्क बझाएर संघले भनेको मान्ने सहकारीका पदाधिकारी तथा संस्थाहरुलाई सम्मान गर्ने प्रचलन रहेको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस