
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२० पुस । बिबियु
हाल देशभरमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।
त्यस्तै आज दिउँसो र राति पनि तराईमा हुस्सु कायम रहने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाको भनाई छ।
साथै हालमा देशभरमा बढीरहेको चिसो तथा तराईमा लागेको निरनतरको हुस्सु र कोहिरोको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस