
नारी बाटिका
नारी वाटिका संवाददाता
उदयपुर २० पुस ।
उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं ५, ६ र ७ मा जंगली हात्तीले आतंक मच्चाएको छ । जंगली हात्ती गाउँमै पसेर कम्तिमा पनि २० घरमा आक्रमण गर्दा करिब ६ लाख बराबरको धनमाल क्षति भएको बताइएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ मा बिहीबार राती बिरालीटार, मादले, घ्याम्पे र मैनटार गाउँस्थित पाँच घरमा जङ्गली हात्तीले घर गोठ भत्काउँदा २ लाख ७० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
यसैगरी त्रियुगा नगरपालिकामा पनि जंगली हातीहरुको समूह नै गाउँ पसेर धनमालको क्षति गरेको थियो । साथै सोही पालिका कै अन्य गाउँमा पनि बिहीबार राती जंगली हात्ती आई सोही स्थान बस्ने पाँच जनाको घर भत्काई घरमा रहेको अन्नपात नष्ट गर्दा अंन्दाजी ६ लाख बराबरको क्षति पर्याएको हो ।
यसैगरी उक्त पालिकाका धेरै गाउँवस्तीमा जंगली हात्ती पसेर धेरै क्षति पुराउँदै आएको बताईएको छ । स्थानीयका उद्धारका लागी हात्तीहरुलाई नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा जङ्गलतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको ।







प्रतिक्रिया दिनुहोस