
नारी बाटिका
नारी वाटिका संवाददाता
भगवती उप्रेती
धादिङ -२४ पुस ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा दशौं धादिङ महोत्सव हुने भएको छ ।
दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा आयोजना गरिने भएको हो । आगमी माघ १५ देखी २५ गतेसम्म संन्चालन गर्न लागिएको महोत्सवको विस्तृत जानकारी दिनको लागी धादिङ उद्योग बाणिज्य संघद्वरा बुधबार संघको कार्यलयमा पत्रकार सम्मेलन गरेको थियो ।
संघका जिल्ला अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा धादिङवेशीमा गरिएको पत्रकार सम्मेलनमा धादिङ जिल्लास्थित विभिन्न संन्चार माध्यमका क्रियाशिल संन्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा कार्यक्रम बारे विस्तृत जानकारी दिनु हुंदै संघका अध्यक्ष डल्लाकोटीले स्थानीय अर्थतन्त्रको विकास, कृषि, पर्यटन तथा उद्योग प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त महोत्सवमा जिल्लाका विभिन्न पालिकाका किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तु, स्थानीय परिकार, हस्तकला तथा उद्यमशीलतासँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको छ ।
महोत्सवमा धादिङको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसारलाई विशेष प्राथमिकता दिइने संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जानकारी दिनु भयो। यस महोत्सवमा विशेषगरी जिल्ला कै पवित्र र ऐतिहासिक भैरवी मन्दिरको पर्यटकहरुलाई दर्शनका लागी आबह्वान गर्न महोत्सवका प्रमुख आकर्षण रहनेछन्।
यससंगै धादिङ जिल्लाभित्र रहेका प्राकृतिक मनोरम स्थानहरु हिमाली दृश्यावलोकन तथा त्रिशूली नदीमा र्याफ्टिङ जस्ता साहसिक पर्यटन गतिविधिहरूलाई विशेष बनाउँदै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, लोकनृत्य र मनोरञ्जनात्मक कार्यक्रम मार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ। 
यस्तै उद्योग बाणिज्य संघद्वारा आयोजित यस महोत्सवले स्थानीय किसान, उद्यमी र व्यवसायीलाई आफ्ना उत्पादनको बजारीकरण गर्ने अवसर उपलब्ध गराउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान रहने विश्वास लिइएको छ।
साथै संघका सचिव तिलक सिंखडाले महोत्सवलाई सफल बनाउन स्थानीय तह, व्यवसायी, युवा तथा सर्वसाधारणको व्यापक सहभागिताको अपेक्षा गरिएको हुंदा धादिङ जिल्लाभित्र क्रियासिल विभिन्न संघ संस्था,उद्योग व्यवशायीहरु,संन्चारकर्मी तथा संन्चार गृह,स्थानीयहरुबिच हातेमालो गरेर कार्यक्रमको सफलता पुर्वक संन्चालन गरी महोत्सवमा कसिव ३ करोड बराबरको आर्थिक कारोबार गरिने बताउनु भएको छ ।







प्रतिक्रिया दिनुहोस