
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ २६ पुस । बिबियु
निर्वाचन आयोगका पदाधिकारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ।
प्रधानमन्त्री कार्की समक्ष निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले सुक्रबार आचारसंहिताबारे जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको थियो ।
आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको हो। ्भेटका क्रममा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हाको उपस्तिति रहेको थियो ।
साथै छलफलमा नेपाल सरकारका मुख्यसचिवलगायतका उच्च पदाधिकारीहरुको सहभागीता रहेको भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस