
नारी बाटिका
नारी वाटिका संवाददाता
बैतडी -२८ पुस।
बैतडीको साडीघाटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका(८ मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिनु भयो। मृत्यु हुनेमा तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको प्रहरीको भनाई छ।
यसका साथै उक्त जीपमा कतिजना सवार रहेका थिए भन्ने समेत खुल्ने नसकेको प्रहरकिो भनाई छ । तर अन्य सबै यात्रुहरु घाइते भएको बताइएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।








प्रतिक्रिया दिनुहोस