
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -३० पुस । बिबियु
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको र सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । देशको बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तर तराई क्षेत्रका केही भूभागमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि तराईका केही स्थानमा हुस्सु लागि रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
साथै केही समयअघिदेखी नै तराई भूभागमा लाग्दै आएकोहुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस