आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

दुईवटा गाडी ठोक्किएर भएको दुर्घटनामा आमा छोराको मृत्यु, ११ घाइते

२०८२ माघ १, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) २१४० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

झापा -१ माघ ।

झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा दुईवटा गाडी ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्।

बिहिबार बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक आपसमा ठोक्किँदा पिकअपमा सवार दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी र उनका १८ महिनाका छोरा आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो।

घाइतेहरूको विर्तासिटी र विएण्डसी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ।

दुर्घटनापछि बसका चालक फरार भएका छन् भने प्रहरीले बस चालकको खोजी गरिरहेको जनाएको छ । अर्को मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई भने प्रहरीले नियन्त्रणमा लिइ सकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस