आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

आजदेखि राष्ट्रिय सभाको अधिवेशन हुंदै,नागरिकबाट यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिँदै

२०८२ माघ ४, आईतबार मा प्रकाशित ( १ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -४ माघ । बिबियु

राष्ट्रिय सभाको १९औँ अधिवेशन आज(आइतबार)बाट शुरु हुँदैछ। बैठक आज बिहान ११ बजेको लागी बस्ने तय भएको छ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जलेर ध्वस्त भएकोले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो।

अधिवेशनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरि कार्यक्रम तय गरिएको छ। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै दिवंगत भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

अधिवेशनको सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ को सिफारिसमा आजबाट अधिवेशन आह्वान गर्नु भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी थालेको छ। राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसकेका छन् भने प्रतिनिधिसभाको निर्वाचनको तयारी पनि तिब्रगतिमा अघि बढिरहेको छ ।

साथै यस पटक त अझै राष्ट्रियसभाको सदस्यमा नयाँ सदस्यहरू निर्वाचित भएर आउनने समय नजिकिँदै गर्दा यस अधिवेशनलाई नागरिकका तर्फबाट समेत महत्त्वका साथ हेरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस