आज: २०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

अभियोग हटाउने निर्णयविरुद्ध रविको रिटमा सुनुवाइको लागी पेसी तोकियो

२०८२ माघ ८, बिहिबार मा प्रकाशित ( १६ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -८ माघ ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुने भएको हो । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो ।

अभियोग हटाउने निर्णय प्रथम दृष्टिमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा गैरकानुनी र स्वेच्छाचारी भएको भन्दै बदर गर्न माग दावी गरिएको हो।

रिटमा सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर अपराधमा अभियोग संशोधन गर्नु कानुनको दुरुपयोग भएको र यसले बचतकर्ताको न्यायमा असर पर्ने समेत जिकिर गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस