आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

भक्तपुरको बाल सुधारगृहमा बाल कैदीवन्दीहरुबीच झडप

२०८२ माघ ९, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) १५२० पटक पढिएको
नारी बाटिका


झडपमा आगजनी र तोडफोडपछि स्थिति नियन्त्रणमा

भक्तपुर -९ माघ ।

भक्तपुरको बाल सुधारगृहमा दुई समूहबीच झडप भएको छ ।

बिहीबार राति बाल सुधारगृहमा बाल कैदीवन्दीको दुई समूहबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो । झडपले उक्त बाल सुधारगृहमा तनावग्रस्त बनेको थियो। यद्यपि सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको कारागार व्यवस्थापनले जनाएको छ।

स्थिितिलाई नियन्त्रणमा लिन थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरी माथि नै बाल कैदीवन्दीहरुले ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।

बाल सुधारगृहका दुई समूहबीचको झडपमा कारागारमा आगजनी र तोडफोडसमेत भएको छ । झडपमा आगो लगाइएको थियो ।

प्रहरीले आगो नियन्त्रणमा लिन मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्र परिचालन गरिएको थियो। उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस